राजेन्द्र महतो, लहान । सिरहामा दाइजो नदिएको निहुमा श्रीमान्ले श्रीमतिको घाँटी थिचेर हत्या गरेको छ । सिरहा नगरपालिका–१४ खिरौनामा बिहीबार राति करिव साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमति मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् ।
गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् । सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् ।
केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै मनिषालाई विभिन्न समयमा चरम यातना दिएको मनिषाको बाबु रघुनाथ मण्डलले बताएको छ ।









