उदयपुर । त्रियुगा नदीलाई बहुउपयोगी बनाउन तथा त्रियुगा नदीको दिगो व्यवस्थापन गर्ने उद्देश्यले सरसफाई कार्यक्रमको आयोजना गरि नदी सफाई गरिएको छ । ‘त्रियुगा सभ्यता’ कार्यक्रम अन्तर्गत शनिबार देखी औपचारिक कार्यक्रम सुरु गरिएको घोषणा गर्दै सरसफाइ गरिएको बताइएको छ । सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले त्रियुगाको सिरदेखि तीर दोभानसम्मको ४२ किलोमिटर दूरीमा दुवैतर्फ जैविक प्रविधिको बाँध निर्माण, सिँचाइ, विद्युत् र खानेपानी योजना जस्ता बहुउपलब्धि हासिल गर्न गुरुयोजना तयार भइसकेको बताए ।

Posted by Nagarik Bahas नागरिक बहस on Saturday, 27 April 2019

अभिशाप’ बन्दै आएको त्रियुगा नदीलाई बहुउपयोगी बनाउन गुरु योजना (डिपिआर ) तयार पारिएको छ । नदीको दिगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदानमा’ सावित गर्ने उद्देश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता र विकास’ नाम दिएर अभियानले त्रियुगा नदी नियन्त्रण गर्ने लक्ष्य लिइएको छ। बरुवा र त्रियुगा नदीमा बर्सेनि आउने बाढीले खेतीयोग्य जमिन कटान गर्नुका साथै व्यापक जनधनको क्षति गर्दै आएको त्रियुगा नदीको दिगो र भरपर्दो व्यवस्थापन गर्न नगरपालिकाले त्रियुगा सभ्यता र बिकास नाम दिएर काम थालेको हो । एकिकृत विकास परियोजनाअन्तर्गत त्रियुगा नदि नियन्त्रणका लागि त्रियुगा नगरपालिका–७ स्थित कालीखोला तोरीबारीदेखि बेलका नगरपालिका– २ स्थित सप्तकोशी दोभानसम्म ४२.५ किलोमिटर लामो डिपिआर तयार गरेको हो । त्रियुगाको शीरदेखि तीरसम्मको ४२.५ किलोमिटर दूरीमा दुवैतर्फ आधुनिक तथा जैविक प्रविधिको बाँध बाँध्दै सिंचाई, विद्युत र खानेपानी सुविधा जस्ता बहुउपयोगी उपलब्धी हासिल गर्न डिपिआर निर्माण गरि काम थालिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख चौधरीले जानकारी दिए ।

Posted by Nagarik Bahas नागरिक बहस on Saturday, 27 April 2019

‘त्रियुगा नदिको कालीखोला देखि तपेश्वरी सम्म ४२.५ किलोमिटर गरि दुवै तर्फ ८५ किलो मिटर लामो बाँध निर्माण गर्न नेपाल सरकारबाट डिपिआर निर्माण गरि स्वीकृत छ,’ उनले भने, ‘डिपिआरले त्रियुगा नदि नियन्त्रण आयोजना कार्यालय सञ्चालनमा आउनेछ ।’ त्रियुगा सभ्यता विकास तथा बरुवा बेलदोभान एकिकृत बिकास परियोजनाका लागि छिमेकी मित्रराष्ट्र चीनका प्रतिष्ठीत कम्पनी जेन्चु ग्रुपका अध्यक्ष कसहीयोङले लगानी गर्ने भएको छ । त्रियुगा नगरपालिका क्षेत्रमा परियोजनाका लागि एभेरेष्ट इटिटिआर गुरुप गरि दुबै समुहले रोड, बेस्ट प्रोजेक्ट कृषि, उर्जा, पर्यटन लगानी गर्ने जनाएको छ। सोलार हाइड्रो पावर, कृषि, पानी, फर्निचर हुने त्रियुगा नगरपालिकाका नगर चौधरीले बताए । जुन अभियान त्रियुगा सभ्यता र विकास अभियान हो ।
सरसफाइ कार्यक्रममा जिल्ला स्थीत राजतिनिक दल , कर्मचारी , नेपाली सेना , शसस्त्र प्रहरी, नेपाल प्रहरी, नागरीक समाज, पत्रकार, विद्यार्थी, सर्वसाधारण लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया