उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाद्वारा जनतासँग मेयर कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा जेष्ठ नागरिक, महिला तथा किशोरी र बालबालिकाहरुको निःशुल्क स्वास्थ्य शिविर वडा नं. १ को जोगिदहबाट संचालन गरिएको छ । स्वास्थ्य शिविर वैशाख २८ गतेसम्म १६ वटै वडामा संचालन हुने छ ।

स्वास्थ्य शिविरमा २ सय ५ जनाले सेवा लिएका थिए । सेवा लिनेमा बढी महिलाहरु रहेको त्रियुगा नगरपालिका स्वास्थ्य सेवा शाखाका अवध नारायण चौधरीले बताए । स्वास्थ्य शिविरमा २८ जनाको मुटुको चेक जाँच गरिएको थियो भने ४४ जनाको सुगर, मृगौला तथा दिशा, पिसाव, रगत लगायत ल्याब टेष्ट गरिएको थियो । शिविरमा यौन रोग तथा प्रजन्न स्वास्थ्य सेवा, निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।
६५ जना महिलाको पाठेघर खसेको जाँच गरिएको थियो । जाँच गरेको मध्ये तीन जना महिलाको पाठेघरमा रिङ अर्थात चुरा राखिएको थियो भने एक जना महिलाको पाठेघर खसेर बाहिर निस्किएकोले अप्रेशन गर्नको लागि रेफर गरिएको थियो । एक जना महिलामा पाठेघरको मुखको क्यान्सर संक्रमित विरामी भेटिएको थियो । शिविरमा स्वास्थ्य शिक्षा तथा परामर्श सेवा समेत संचालन गरेको थियो ।
यस्तै ४० कुपोषित बालबालिकालाई सर्वोत्तम पिठो वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा कटारी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. पवन शाह र १८ नं. बाहिनी अड्डा भुल्केका मेडिकल अफिसर प्रलाद महतोको टोलीले जाँच गरेका थिए ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगर प्रमुख बलदेव चौधरीले यस्ता किसिमका स्वास्थ्य शिविर नगरपालिकाका १६ वटै वडामा संचालन गर्ने र स्वास्थ्य सेवालाई सवैको पहुँचमा पुर्याउने बताए । उनले ग्रामिण क्षेत्रका विपन्न, गरिव परिवारका महिलामा देखिएको पाठेघर खस्ने समस्या, जेष्ठ नागरिकहरुको मुटुको समस्या जस्ता रोगको निःशुल्क चेक जाँच गरिने नगर प्रमुख चौधरीले बताए । संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य र शिक्षालाई सर्वशुलभ र सवैको पहुँच पुर्याउन नगरपालिका अहोरात्र खट्ने बताए ।
मेयरसँग जनता कार्यक्रममा त्रियुगा नगरपालिका १ अन्तर्गत रहेका विभिन्न विद्यालयमा विद्यार्थी भर्ना अभियान पनि संचालन गरिएको थियो ।
आज त्रियुगा नगरपालिका २ स्थित मोथियाही स्कूलमा स्वास्थ्य शिविर हुने छ । त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमान सिंह खत्री (धुर्व)का अनुसार विहान ८ बजेबाट स्वास्थ्य शिविर संचालन हुने र साथसाथै सहरी स्वास्थ्य क्लिनिक उद्घाटन र वडा कार्यालय भवन निर्माणको शिलान्यास लगायतका कार्यक्रम रहेको बताए ।
Posted by Nagarik Bahas नागरिक बहस on Friday, 26 April 2019