आन्दोलनपछि ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । २०६२ /०६३ को जनआन्दोलन मार्फत तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएको दिनका रुपमा लोकतन्त्र दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

१९ दिने जनआन्दोलनको सम्झानामा लोकतन्त्र दिवस औपचारिक रुपमा मनाउँने गरिएको भएपनि एकात्मक शासन व्यवस्थाको अन्त्य गरी संघीय संरचनामा जाने आधार कोरेको जनआन्दोलनको स्मरण भने पछिल्ला वर्षहरुमा फिक्का बन्दै गएको छ । सरकारले समेत यसलाई बेवास्ता गर्दै आएको आभास हुन थालेको छ ।

सरकारले यसअघि नियमित दिँदै आएको सार्वजनिक बिदा यसपटक औपचारिक रुपमा कटौती गरेको छ । तरपनि लोकतन्त्र पुर्नस्थापनाको सम्झनामा आजको दिन ऐतिहासिक दिनको रुपमा रहनेछ ।

तपाईको प्रतिक्रिया