उदयपुर । उदयपुरको उदयपुरको ताप्ली गाउँपालिका ४ ठानागाउँ स्थित लखनडाँडाका मोहन मगरातीको घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको छ ।
आइतबार राति करिव ८ बजेको समयमा मगरातीको ढुंगा, माटोले बनेको फुसको छानो भएको २ तले घरमा चुल्होबाट आगलागी भई ४ लाख बराबरको क्षति भएको छ । आगलागीबाट घर भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडा वर्तन जलेर नष्ट भएको छ ।
यस्तै अग्नी पिडितलाई पिडितलाई सोही गाउँपालिकाका अध्यक्ष उद्धब सिंह थापा, उपाध्यक्ष कमल माया राई, वडा अध्यक्ष चित्र मगर र सहास नेपाल सहितको टोलीले घरमै गएर राहत उपलब्ध गराएको छ । राहत स्वरुप नेपालीलाइ कम्बल, तिर्पाल, भाडाकुडा, चामल, चिउरा, चाउचाउ , दाल, चिनी , मसला, बेसार, तेल, साबुन, नुन लगायतका सामाग्री उपलब्ध गराएको स्थानीय शिक्षक मिलन तामाङले जानकारी दिए ।
Posted by नागरिक बहस Nagarik Bahas on Monday, 22 April 2019
Posted by नागरिक बहस Nagarik Bahas on Monday, 22 April 2019
Posted by नागरिक बहस Nagarik Bahas on Monday, 22 April 2019
Posted by नागरिक बहस Nagarik Bahas on Monday, 22 April 2019