उदयपुर । उदयपुरको बेलका नगरपालिका ७ मैनामैनी कुलुङमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आइतबार साँझ सुनसरी बराहक्षेत्र नगरपालिका चतराबाट बेलका नगरपालिका मयामसम्म जादै गरेको को १ ज १६१५ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा बेलका नगरपालिका ७ मैनामैनीका अन्दाजी २३ वर्षिय मनोज राईको घटना स्थलमा मृत्यु भएको छ ।

फाइल तस्विर

दुर्घटनामा गम्भिर घाइते बेलका ७ मैनामैनीका २७ वर्षिय अम्बर राई र बेलका ८ का ३५ वर्षिय चरकुमारी राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । उनका अनुसार अम्बरको हात र छातीमा चोट लागेको छ भने चर कुमारीको टाउकोमा चोट लागेको छ ।
बेलका ७ की ३२ वर्षिय पिपल कुमारी राई सामान्य घाइते भएका छन् । घाइतेहरुको विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया