उदयपुर । उदयपुरमा लागूऔषध र बहुविवाह तथा गाली बेइजती अपराधमा फरार दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरी करागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागूऔषध मुद्धामा फरार त्रियुगा नगरपालिका ३ बस्ने ३० का कपिल भन्ने कपलेश्वर चौधरी र बहुविवाह र गालीबेइजती मुद्धामा फरार त्रिनपा १३ का ४७ वर्षिय बलराम चौधरी पक्राउ परेका छन् ।


जिल्ला अदालत उदयपुरको ०७५ चैत्र २९ गतेको लागूऔषध मुद्धामा ३ वर्ष कैद र १ लाख १० हजार जरिवाना फैसला मुद्धाका प्रतिवादी कपलेश्वर चौधरीलाई पक्राउ गरी करागार चलान गरेको छ ।
यस्तै बहुबिवाह मुद्धामा १ बर्ष कैद र ५ हजार जरिवाना तथा गाली बैईज्जत मुद्धामा नौ हजार जरिवाना सहितको फैसलाको मुद्धामा फरार लक्ष्मीपुरका बलराम चौधरीलाई पक्राउ गरी कैद तथा जरिवाना भुप्तानको लागि अदालत चलान गरेको छ ।

तपाईको प्रतिक्रिया