उदयपुर । काभ्रेमा यात्रुबाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
नमोबुद्ध नगरपालिका वडा नं २ पात्लेगाउँस्थित बिपी राजमार्गमा शुक्रबार दिउँसो बा३ख ९४५३ नम्बरको यात्रुबाहक बस र बा८६प ३५२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार उदयपुरको कटारी बस्ने अन्दाजी वर्ष १५ की लक्ष्मी मगरको मृत्यु भएको हो ।
लक्ष्मीको उपचारका लागि धुलिखेलतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–३ चुनीखेल बस्ने वर्ष ३५ को सुनिल श्रेष्ठ घाइते भएको र उनको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिइ घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









