उदयपुर । उदयपुरमा ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडामा लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा भूपु सशस्त्र प्रहरी हबलदार कालिदास भण्डारीको मृत्यु भएको हो ।
गाईघाटबाट चुहाडे तफै गई रहेको लु.३ च ४४४९ नम्बरको ट्याक्टरले सोही दिशा तफै गई रहेको अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आईरहेको भण्डारी सवार लु ४९ प ४०७४ नम्बरको मोटर साइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए ।
ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएको भण्डारीको उपचारको क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) चन्द्रदेव राईले जानकारी दिए ।

Posted by नागरिक बहस Nagarik Bahas on Friday, 19 April 2019

मृतक भण्डारी भूतपूर्व नेपाल सशस्त्र प्रहरी बलका हबलदार हुन् । उनले केही समय अगाडी मात्रै अवकाश लिएका थिए ।
ट्याक्टर चालक रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं. ८ अडेसका वर्ष २२ को धनबहादुर मगर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।
अहिलेसम्म उदयपुर ट्याक्टर दुर्घटनामा परी ११ जनाको ज्यान गई सकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ । मोटर साइकल दुर्घटनामा ८ जनाको ज्यान गएको छ ।
ट्रयाक्टरको साथ साथै टिफर र ट्रकको ठक्करबाट ५ जनाको ज्यान गएको छ भने जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बस र अटो रिक्साबाट एक÷एक जनाको ज्यान गएको छ । सवारी दुर्घटनामा परी ५० जना भन्दा बढी गम्भिर घाइते भएका छन भने एक सय भन्दा बढी सामान्य घाइते भएका छन् ।

गम्भिर घाइते भण्डारी भूतपूर्व नेपाल सशस्त्र प्रहरीका हबलदार हुन् । उनले केही समय अगाडी मात्रै अवकाश लिएका थिए ।
अहिलेसम्म उदयपुर ट्याक्टर दुर्घटनामा परी १० जनाको ज्यान गई सकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ ।

Posted by नागरिक बहस Nagarik Bahas on Friday, 19 April 2019

Posted by नागरिक बहस Nagarik Bahas on Friday, 19 April 2019

Posted by नागरिक बहस Nagarik Bahas on Friday, 19 April 2019

Posted by नागरिक बहस Nagarik Bahas on Friday, 19 April 2019

उदयपुरमा ट्याक्टरको ठक्करबाट घाइते युवाको अवस्था गम्भिर

Posted by नागरिक बहस Nagarik Bahas on Friday, 19 April 2019

 

तपाईको प्रतिक्रिया