उदयपुर । उदयपुरमा ट्याक्टरको ठक्करबाट एक युवा गम्भिर घाइते भएका छन् । त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडामा लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा कालिदास भण्डारी गम्भिर घाइते भएका छन् ।

Posted by नागरिक बहस Nagarik Bahas on Friday, 19 April 2019

गाईघाटबाट चुहाडे तफै गई रहेको लु.३ च ४४४९ नम्बरको ट्याक्टरले सोही दिशा तफै गई रहेको अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आईरहेको भण्डारी सवार लु ४९ प ४०७४ नम्बरको मोटर साइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए ।
ट्याक्टरको ठक्करबाट भण्डारी गम्भिर घाइते भएको र उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) चन्द्रदेव राईले जानकारी दिए । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । चालक रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं. ८ अडेसका वर्ष २२ को धनबहादुर मगर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।
गम्भिर घाइते भण्डारी भूतपूर्व नेपाल सशस्त्र प्रहरीका हबलदार हुन् । उनले केही समय अगाडी मात्रै अवकाश लिएका थिए ।
अहिलेसम्म उदयपुर ट्याक्टर दुर्घटनामा परी १० जनाको ज्यान गई सकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ ।

Posted by नागरिक बहस Nagarik Bahas on Friday, 19 April 2019

Posted by नागरिक बहस Nagarik Bahas on Friday, 19 April 2019

Posted by नागरिक बहस Nagarik Bahas on Friday, 19 April 2019

Posted by नागरिक बहस Nagarik Bahas on Friday, 19 April 2019

Posted by नागरिक बहस Nagarik Bahas on Friday, 19 April 2019

Posted by नागरिक बहस Nagarik Bahas on Friday, 19 April 2019

तपाईको प्रतिक्रिया