उदयपुर । उदयपुरगढी गाँउपालिका १ विष्णुचौरमा स.१ज ५०६ नम्बरको बेलेको जीप दुर्घटना हुँदा एक जनाको घटना स्थमलै मृत्यु भएको छ भने जिपमा सवार दुई जनालाई काठमाडौं र एक जनालाई विराटनगर रेफर गरिएको छ ।
दुर्घटनामा परी उदयपुरगढी गाउँपालिका १ मुर्मेकी ४५ वर्षिय केशर माया परियारको घटना स्थलमै मृत्यु भएका थियो भने सोही वडाको खड्ग बहादुर भुजेलको बर्ष १४ छोरा बिनोद भुजेल गम्भिर घाइते भएका थिए । उनको बायाँ खुट्टा भाँचिएको र अबस्था गम्भीर रहेकोले काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै रेफर हुनेमा खड्ग बहादुरकी श्रीमति ३८ की राधिका भुजेल र ६० वर्षिय राम बहादुर आले मगर रहेका छन् । भुजलेलाई काठमाडौं र आलेमगरलाई विराटनगर रेफर गरिएको छ ।


यस्तै घाइते हुनेमा उदयपुरगढी गाउँपालिका १ का बिशाल परियारको कटारी अस्पतालमा अस्पतालमा उपचार हुँदैछ । सोही गापा २ का ५८ को पदम बहादुर मगर, बर्ष ३८ की रिता परियार र निजका छोरा वर्ष ६ का राजेन्द्र परियार, वर्ष २९ की मिथिला मगर सामान्य घाइते भएका छन् । घाइते हुनेमा दिनेश मगर र बिना राई समेत रहेको छ ।
बोलेरो अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने र चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उकालोमाभार तान्न नसकेर जिप सडकबाट झण्डै १५ मिटर तल खसेको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया