बच्चाहरुले पब्जी खेलेको देखेर दिक्क भएकी सिता तिवारी पब्जी बन्द हुने खबर पाउने वितिकै खुसी भएकी उनको छोरा सागर तिवारीले बताए । मनोचिकित्सकहरूका अनुसार पब्जीले हिंसा निम्त्याउछ , रोगको पैदा गर्छ । यो खेलले समयलाई पनि बर्वाद गर्ने हुँदा भविश्य नै अन्योलमा पार्न पनि पछि पर्दैन । प्रत्यक परिवारमा पब्जीको ठूलो असर परेको यो भिडियोबाट नै प्रस्ट हुन्छ । बाटो, गाडिमा हिड्दा कतिपयले पव्जीले गर्दा परिवारमा झगडा पर्न थालिसकेको सुन्नमा आएको छ ।पब्जी खेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले प्रतिबन्ध लगाउन सबै इनरनेट माध्यमलाई निर्देशन गरेको हो ।

बिहीबारदेखिनै प्राधिकरणले पब्जी खेल डाउनलोड र खेल्न नदिन पत्र पठाइएको जनाएको छ ।पब्जीले भारतमा एक २० वर्षीय युवकको ज्यान समेत लिएको छ । त्यसैले भारतको केही स्थानमा यो खेल बन्द गरिएको छ । त्यस्तै यो सम्बन्धि अनुसन्धान पनि भइसको र उक्त अनुसन्धानले पव्जीले हिंसा फैलाउन भएको पत्ता लगाएको छ । र छिट्टै यसलाई बन्द गर्ने निष्कर्शमा समेत पुगिसकेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

My mom ,after pubg banned in Nepal..😒😒Runi ki hasni ??? yo condition ma😶

Posted by Saa Gar on Thursday, 11 April 2019

तपाईको प्रतिक्रिया