उदयपुर । कटारीमा जारी प्रथम कटारी नगर मेयर कप नकआउट फुटबल प्रतियोगिताको आज आइतबार फाइनल खेलमा कटारी वडा नं. २ र १४ विच भिडन्त हुने भएको छ ।
शनिबार भएको पहिलो सेमी फाइनलमा कटारी ७ लाई कटारी २ ले १ गोलको विरुद्ध ६ गोलले हराउँदै फाइनको यात्रा तय गरेको थियो । दोस्रो सेमी फाइनल खेलमा कटारी १० लाई २ गोलको विरुद्ध ३ गोल गर्दै कटारी १४ फाइनलको यात्रा सुरक्षित गरेको थियो ।
सेमी फाइनलको पहिलो खेलमा बुद्ध ढुंगेलको ह्याट्रिक सहित ६ गोल गरेर कटारी–२ ले फाइनलको यात्रा तय गरेको थियो । कटारी २ को जितमा बुद्ध ढुंगेलले पहिलो हाफको ११ र ३५ औं मिनेट दोस्रो हाफको ३२ औं मिनेटमा गोल गरी ढुंगेलले ह्याट्रिक गरेका हुन । ह्याट्रिक गरेका ढुंगेल खेलको म्यान अफ द म्याच समेत घोषित भएका थिए । जीबन कुमार दनुवारले खेलको १६ औं मिनेटमा १ गोल गरे सँगै खेलको ५५ औं मिनेटमा पेनाल्टी पाएको कटारी २ ले पेनाल्टीमा गोल गर्दै जीबनले २ गोल गरेका थिए । डिएरिया भित्र गोल हुने बललाई हातले रोके पछि कटारी ७ का जर्सी २ का भरत तामाङले रेड कार्ड पाएका थिए । खेलको ५४ औं मिनेटमा कटारी ७ का जर्सी १८ का बिनोद दनुवारले आत्मघाती गोल गरे पछि कटारी २ लाई जीत हासिल पार्न सहज बनेको थियो । कटारी ७ बाट जीबन राईले दोस्रो हाफको ३५ औं मिनेटमा पेनाल्टी मार्फत सान्तवना गोल फर्काएका थिए।
शनिवार नै भएको अर्को खेलमा कटारी १० लाई पराजित गर्दै कटारी १४ पनि फाइनलमा प्रबेश गरेको थियो । कटारी १० लाई २ का बिरुद्ध ३ ले पराजित गर्दै कटारी १४ फाइनल खेलमा प्रबेश गरेको थियो । खेल को ३३ औं मिनेटमा कटारी १४ का चन्द्र बहादुर मगरले गोल गरे भने ६३ औं मिनेटमा दिनेश खत्री मगरले गोल गरेका थिए । अर्बीन राईले ६७ औं मिनेट सँगै कटारी १४ ले पनी आफ्नो फाइनलको लक्ष्य तय गरेको थियो । कटारी १० का राज कुमार राउतले २ गोल गरेका थिए । खेलको २१ र ५४ औं मिनेटमा गोल गरेका राउत म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत फाइनल खेल आइतबार कटारी २ र कटारी १४ को प्रतिस्पर्धा हुने आयोजक समूहले जानकारी दिएको छ । प्रतियोगितामा विजेताले उपाधि सहित नगद ५१ हजार प्राप्त गर्ने छन भने उपबिजेता समूहले २५ हजार प्राप्त गर्ने छ ।









