उदयपुर । कटारीमा जारी प्रथम कटारी नगर मेयर कप नकआउट फुटबल प्रतियोगिताको शुक्रबार भएको क्वाटरफाइनल खेलमा कटारी २ बिजयी भएको छ । कटारी स्थित टाईगर खेल मैदानमा भएको खेलमा कटारी–४ लाई शुन्यको विरुद्ध १ गोलले पराजित गर्दै कटारी वडा नं. २ सेमीफाइनलमा प्रबेश गरेको हो ।
कटारी २ को जीतमा पहिलो हाफको ३४ औं मिनेटमा जर्सी १० का सविन तामांगले गोल गरेका थिए ।
यो जीत सँगै कटारी २ प्रतियोगिताको सेमीफाइनलमा प्रबेश गरेको छ । १ गोल गरेर कटारी २ लाई बिजयी बनाउने खेलाडी सविन तामाङ खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत सेमीफाइनलको अर्को खेल शनिवार बिहान कटारी २ संग कटारी ७ को खेल हनेछ भने अर्को खेल कटारी १० र कटारी १४ बीच हुने आयोजक समूहले जानकारी दिएको छ ।
नगरपालिकाको सहयोगमा साथी समूहले आयोजना गरेको प्रतियोगितामा विजेताले उपाधि सहित नगद ५१ हजार हात पार्ने छ भने उपविजेताले २५ हजार प्राप्त गर्ने छ ।









