उदयपुर / उदयपुरमा ३५ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै छ । आज बुधबार र भोली विहिबार भिटामिन ए जन्मेको ६ महिनादेखि ५ वर्ष र जुकाको औषधि (अल्वेन्डाजोल) १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई औषधि खुवाईदै छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रमम सञ्चालन गर्न लागेको हो । शीशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल) पाखुराको नाप र बालभिटा दिइने भएको छ । उदयपुरमा करिव ३५ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईने स्वाथ्य कार्यालय उदयपुरका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि समावेश गरिएको छ ।
मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान पर्व बडादसैं परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागेको हो ।
गाउँपालिका र नगरपालिकाले पहिलो पटक उक्त कार्यक्रमको नेतृत्व गर्दैछन् ।









