रिता राउत, उदयपुर । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ उदयपुर शाखाले शनिबार ६४ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा महासंघले गाईघाटको मेनचोकमा दिप प्रजलन गरि मनाएको हो ।
दिप प्रजलन कार्यक्रममा उदयपुरका अध्यक्ष भरत खड्काले विभिन्न ठाउँमा छरिएर रहेका पत्रकार, सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष खड्काका अनुसार नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकासका लागि अग्रजहरूले खेलेको भुमिका गौरवपूर्ण रहेको बताए । नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि २०११ साल चैत १६ गते महासंघ स्थापना भएको हो ।









