
उदयपुर । उदयपुरमा एक १० वर्षिय बालिकालाई बाल यौन दुव्र्यबहार गर्ने एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ की एक १० वर्षिय बालिकालाई दुव्र्यवहार गरेको आरोपमा सोही वडा बस्ने ४० वर्षिय बुधराज राई पक्राउ परेका छन् ।
गत शुक्रबार साँझ घरमा कोही नभएको समयमा बालिकालाई दुव्र्यवहार गर्दै गरेको छिमेकीले देखेपछि राई फरार भएका थिए । फरार राईलाई सोमबार पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मधु कुमार थापाले बताए ।









