
भोजपुर । आमचोक गाउँपालिकाको दुम्मानामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अन्य दुई जना घाइते भएका छन् ।
दुर्घटनामा आमचोक गाउँपालिका –४ बालंखा बस्ने २५ वर्षीय चालक भविन्द्र राईको मृत्यु भएको छ । घाइते हुनेमा महोत्तरीका सहचालक ४० वर्षीय हरि खत्री र आमचोक गाउँपालिका – १ बस्ने शंखर कार्की रहेको प्रहरीले जनाएको छ ।
कार्कीको अवस्था गम्भिर रहेकोले थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंसीले बताउनु भयो ।
शुक्रबार राति रानीबासबाट बालंखातर्फ आउदै गरेको ना ५ त ९४३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुम्मानाको कामी डाँडा भन्ने स्थानमा सडकबाट करिब आठ सय मिटर तल झरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









