
राजेन्द्र महतो, लहान । सिरहाको कल्याणपुर नगरपालिका–७ मा शनिबार बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ ।
बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घरभित्रै सुतिरहेकी सदाको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिए । आगलागीबाट सदाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिब एक लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।









