
फत्तेपुर। सप्तरीमा बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा एक जनालाई पक्राउ परेको छ । सप्तकोशी नगरपालिका १ बस्ने ४ वर्षीया बालिकालाई यौन दुव्र्यबहार गरेको अभियोगमा स्थानीय ३८ बर्षिय दिपक भुजेललाई बिहिवार राति प्रहरीले पक्राउ गरेको छ ।
आरोपी भुजेलले बालिकाको गुप्ताङ्ग लगायत सम्वेदनशील अङ्गहरुमा जबरजस्ती चलाई घाइते बनाएको सूचनाको आधारमा प्रहरी चौकी फत्तेपुरले पक्राउ गरेको थियो । घाइते बालिकाको स्थानीय फत्तेपुर स्थित एक पोलिक्लिनिकमा उपचार भइरहेको छ । आरोपी भुजेलमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिए ।









