उदयपुर । उदयपुरमा टिपरको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । एका तर्फ दुर्घटना न्युनिकरणका लागि १५ दिने महाअभियान शुरु भई रहेको अवस्थामा जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिव माध्यमिक विद्यालय सुन्दरपुर नजिक को.१ ख ६३८८ टिपरको ठक्करबाट मोटर साइकलमा सवार एक जना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय सुन्दरपुरका इन्चार्ज योगेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
आफ्नो साइडमा गुडिरहेको बा.३७ प ८८३६ नम्बरको मोटर साइकललाई को १ ख ६३८८ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सबार इलाम नगरपालिका ८ की ५० वर्षिय युरोपिया राई गम्भिर घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको स्थानीय रामकुमार चौधरीले बताए । मोटर साइकल चालक श्रीमान महेश राई सामान्य घाइते भएको इन्चार्ज चौधरीले जानकारी दिए । गम्भिर घाइते युरोपिया राईलाई स्वास्थ्य चौकी सुन्दरपुरमा सामान्य उपचारपछि थप उपचारको लागि विपी कोइराला विज्ञान प्रष्ठिान धरान पठाएको छ । टिपर र चालकलाई इलाका प्रहरी कार्यालय सुन्दरपुरले आवश्य
उदयपुरमा चालु आर्थिक वर्षमा टिपर र ट्रकको ठक्करबाट ७ जनाको ज्यान गईसकेको छ ।

तपाईको प्रतिक्रिया