उदयपुर /उदयपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका ४ मगर डाँडाकी २३ वर्षिय बबिता रोक्का मादक पदार्थ सेवन गरि पहरे खोलाको भीरबाट लडेर मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरी विहिबार घर छोडी हिडेकी महिला भीरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिएको छ ।
खोलाको ६० फिट अग्लो भिरबाट लडेर मृत्यु भएको अबस्थामा महिलाको सब भेटिएको भएता पनि थप्प अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।









