सिरहा । सिरहामा एक १२ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका–९ डण्डाटोलमका छिमेकी १२ वर्षिय बालिका बलात्कार गरेको आरोपमा सोही ठाउँका ३८ वर्षीय पोल्टु महरा पक्राउ परेका हुन् ।
छिमेकी १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
गत शुक्रबार बेलुका खेतबारीबाट आउँदै गरेको बालिकालाई बलात्कार गरेको पीडित बालिकाको आफ्न्तले दिएको उजुरीको आधारमा महरालाई पक्राउ गरेको प्रहरीले जानकारी दिए । पीडित बालिका र महरालाई स्वास्थ्य परीक्षण गराएको र त्यसबारे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए ।









