उदयपुर , उदयपुर त्रियुगा नगरपालिका २ घर भई हाल काठमाण्डौमा बस्दै आएका ३५ वर्षिय गंगाबहादुर तामाङ मोटर साइकल चोरी गरेको आरोपमा पक्राउ परेका छन् । शनिबार बेलुका बुढानिलकण्ठ नगरपालिका १० कपनस्थित ह्यण्डबल ग्राउण्डबाट चोरी गरेको मोटरसाइकल सहित पक्राउ परेका हुन् ।
सोही ठाउँस्थित जाँच गर्ने क्रममा बा.९८ प ५०८६ नम्बरको मोटरसाइकल माण्डिखाटारबाट चोरी गरी ल्याउँदै गरेको अवस्थामा फेला पारी तामाङलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको छ ।

तपाईको प्रतिक्रिया