उदयपुर/उदयपुर जिल्लाको पश्चिमी क्षेत्र फैलिएको खोरेत रोग अझै नियन्त्रणमा आउन सकेको छैन । पशुमा लाग्ने खोरेत रोग चार महिना अगाडीदेखि फैलिएपनि रोग अझै पूर्ण रुपमा नियन्त्रणमाा आउन सकेको छैन् ।
वडा नं. ५, ६, ७ र ८ गरी गाउँपालिकाका चार वडाका वस्तुभाउमा खोरेत रोगको असर देखिएको छ । महिनौ दिन बित्नै लाग्दा समेत खोरेत रोग रोकथाम हुन नसक्दा स्थानीय किसान चिन्तित देखिएका छन् । खोरेतका कारण केही दिनको अवधिमै चार वटा पशु मरेपछि पशु स्वास्थ्य टोली गाउँमा खटिएको छ । प्रत्येक वडाका करिब सात हजार गाई भैँसी, आठ हजार बाख्रा र पाँच सय ७० बंगुरमा खोरेत रोग नियन्त्रणका लागि भ्यक्सिन लगाई सकिएको पशु स्वास्थ्य प्राविधिक दीपक शर्माले बताए ।
स्वास्थ्य टोलीले केही गाउँमा यस रोगको समस्या नियन्त्रणमा लिए पनि केही दिनयता अन्य गाउँका पशु प्रभावित हुन थालेकाले उपचारमा समस्या आएको बताएको छ । खोरेत महामारीकै रुपमा फैलिएको भन्दै उदयपुरगढी गाउँपालिकाले निःशुल्क औषधि उपचार उपलब्ध गराएको छ ।
नियन्त्रणका लागि गाउँपालिकाले एक हप्तादेखि पशु विकास शाखा अन्र्तगतका प्राविधिक परिचालन गरिसकेको छ । खोरेत लाग्दा पशुको खुर, मुख र खुट्टामा घाउ आउने, घाउ पाकेर कीरा पर्ने, ज्वरो आउने, झोक्राउने, घाँस नखानेजस्ता लक्षण देखिने पशु चिकित्सक तथा प्राविधिक बताउँछन् ।