उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षमा ५३ लाख ४६ हजार राजस्व संकलन गरेको छ । चालु आर्थिकको साउन देखि माघसम्ममा ५३ लाख ४६ हजार राजस्व संकलन गरेको हो ।
ट्राफिक नियम उल्लंघन गर्ने ७ हजार पाँच सय ६५ सवारी चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख दिनेश कुमार चौधरीले बताए ।
ट्राफिक प्रहरी कार्यालयको तथ्याङक अनुसार सवैभन्दा बढी श्रावण महिनामा कारबाहीमा परेकाबाट ८ लाख ८३ हजार राजश्व उठेको छ । एक हजार तीन सय ५० वटा सवारी साधन कारबाहीमा परेक थिए । यसैगरी भदौमा ८ सय ५० सवारी कारबाहीमा परेकाबाट ५ लाख १७ हजार पाँच सय राजस्व संकलन भएको छ । असोजमा १ हजार दुई सय र कार्तिकमा १ हजार एक सय सवारी साधन कारबाहीमा पर्दा १४ लाख ८२ हजार जरिवान उठेको छ ।
यस्तै गरी तथ्याङ्क अनुसार मंसिरमा १ हजार दुई सय ५० सावरी कारवाहीमा परी राजस्व बापत ८ लाख ७५ हजार जरिवाना वापत राजश्व उठेको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जानकारी दिएको छ । पुसमा र माघ गरी २ हजार २ सय ५० सवारी साधन कारवाहीमा परेर १५ लाख ८८ हजार पाँच सय राजश्व उठेको छ ।
२ हजार २ सय ९३ मोटर साइकल मात्र सात महिनामा कारबाहीमा परेको छन भने १ हजार ८ सय ३३ ट्रक माघ मसान्तसम्म कारबाहीमा परेको इन्चार्ज चौधरीले बताए ।









