सुनसरी, सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । सुनसरीको दुहबी नगरपालिका ३ फुटानी चौकमा सोमवार यात्रु बाहक बसको ठक्करबाट १ जना पैदलयात्री सप्तरी भारदह मधुवापुर ५ घर भई हाल दुहबी नगरपालिका ३ फुटानी चौकमा डेरा गरी बस्ने बर्ष २७ की रेखा झाको मृत्यु भएको छ ।
कोशी राजमार्ग अन्तर्गत बिहान साढे ९ बजे यात्रु बोकेर बिराटनगरबाट धरान तर्फ जाँदै गरेको ना ४ ख ७४२७ नम्बरको बसले झालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट झाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटनास्थलमा तत्काल प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ भने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
यस्तै सुनसरीको गढी गाउँपालिका १ शिव मन्दिर नजिक आइतवार पिताम्बर चौधरीको घरमा ट्याक्टरको ट्रलीले किचेर चालकको मृत्यु भएको छ । चौधरीको घरको आगनमा को २ त ६७५० नम्बरको ट्याक्टरमा सिमेन्ट र रड अनलोड गर्ने क्रममा ट्याक्टरको हाईड्रोलिक बिग्रिएर बनाउन खोज्दा ट्याक्टरको ट्रली खसेर किच्दा सोही ट्याक्टरका चालक (साहुजी) दुहबी नगरपालिका ११ तनमुना बस्ने बर्ष ४० को धिरेन्द्र चौधरीको घटना स्थलमा नै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया