उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ६ देउरी स्कुल नजिकबाट प्रहरीले दुई जना लागुऔधष कारोवारी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित सोही स्थान बस्ने वर्ष ३६ को गणेश गुप्ता र वर्ष २६ को ओम प्रकाश राईलाई पक्राउ गरेको थियो ।
उनीहरुले लागुऔषध विक्री वितरण गरेर हिँडेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी जानकारी दिए । गोप्य सूचनाको आधारमा बिक्री वितरणको लागि लिएर हिँडेको लागूऔषध फेनारगन २६० एम्पुल, लुपिजेसिक १२० एम्पुल, डाईजेल्याब २७२ एम्पुल, नुफिन १६५ एम्पुल र नाईटोसन ट्याव्लेट १०० चक्की बरामद गरेको थियो ।
‘शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई खानतलासी गर्ने झोला र शरिरका विभिन्न भागमा लुकाईएको लागुऔषध फेला परेको हो,’ एसपी राईले भने, ‘झोला र शरिरको विभिन्न भागमा लुकाई राखेको लागूऔषधसहित पक्राउ परेकाहरु लागुऔषध कारोवारी रहेको खुलासा भएको छ ।’ पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको एसपी राईले बताए ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ४७ जना पक्राउ परेका छन भने २९ जना विरुद्ध मुद्दा दर्ता गराएको छ । उनीहरुको साथबाट लुजिजेसिक ४५ एम्पुल, डाईजेल्याव ८७ एम्पुल, फेनारगन ५४ एम्पुल, नाईटोसन २४० गोटी, नुफिन १९, डाईलेक्स २९ बोतल र गाँजा साढे तीन केजी बरामद भएको छ ।









