उदयपुर, ‘समृद्ध स्थानीय सरकार, एक वडा–एक पत्रकार’ भन्ने मुल नारा सहित उदयपुरगढीमा ५ दिने पत्रकारिता तालिम मंगलबारबाट शुरु भएको छ । उदयपुरगढी गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ शाखा उदयपुरको आयोजना र उदयपुरगढी साप्ताहिकको व्यवस्थापनमा ५ दिने आधारभूत पत्रकारिता तालिम मंगलबारदेखि सुरु भएको हो ।
गाउँपालिका उपाध्यक्ष सानु कुमारी राउतले उद्घाटन गर्दै शुभकामना मन्तव्यमा समाजमा भए गरेका कामकाजको सकारात्मक पक्ष र नकारात्मक पक्षलाई समाचारको माध्यमबाट उजार गर्न नवप्रशिक्षार्थी पत्रकारहरुलाई अनुरोध गरेका थिए । उनले समाचारको माध्यमबाट प्रत्येक वडाहरुमा भए गरेका गतिविधिहरु पनि समाचार बनेर आएको हेर्न पाउँ भनेका थिए । उपप्रमुख राउतले पालिकामा पहिलो पटक तालिम आयोजना भएको र यसले पालिकाबासीको सूचनाको हक र सुशासनमा टेवा पुग्ने आशा व्यक्त गरे । मन्तब्य राख्दै वक्ताहरुले समाजमा पत्रकारिताको सकारात्मक भन्दा नकारात्मक चर्चा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै व्यवसायिक र मर्यादित पत्रकारितामा जोड दिनुपर्ने बताए ।


गाउँगाउँका कुराहरुलाई आम सञ्चार माध्यमसम्म पुर्याउन सकियोस् भन्ने उद्देश्यले आयोजित तालिमले पत्रकारिताको आधारभूत ज्ञान र सीप दिनेछ ।
नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्काको अध्यक्षतामा आयोजित तालिममा गाउँपालिकाका आठ वटै वडाका दुई दुई जना गरी १६ जनाको सहभागिता रहेको छ । तालिममा वरिष्ठ पत्रकार कौशल चेम्जोङ, भरत खड्का, पत्रकार भोटराज राई लगायत सहजकर्ता रहेका छन् ।

तपाईको प्रतिक्रिया