उदयपुर, उदयपुरको कटारी नगरपालिका ५ सिसाघारीमा बसको ढोकामा उभिएका सह–चालकको विजुलीको पोलमा च्यापिएर मृत्यु भएको छ । आइतबार साँझ साढे ७ बजे नेपालटारबाट कटारी तर्फ जाँदै गरेको ना. ५ ख ३८८४ नम्बरको बसका सह चालकको विजुलीको पोलमा च्यापिएर मृत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका ३ बस्ने बर्ष २१ को रोशन कार्की रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कार्की बसको ढोकामा बसिरहेको अवस्थामा बिपरित दिशाबाट जाँदै गरेको मोटरसाईकललाई साईट दिने क्रममा बिजुलीको पोलमा च्यापिएका थिए । च्यापिएर गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागि कटारी अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धुर्व कुमार श्रेष्ठले जानकारी दिए । बस र चालकलाई प्रहरीको नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।









