उदयपुर/मुर्कुची चौथो सस्करण अन्तर्गतको रौता कप फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । रौतामाइ गाउँपालिकाको सहयोग तथा रौता स्पोर्ट्स क्लब उदयपुरको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रौता स्पोर्ट्स क्लबले उदयपुरगढी युथ क्लबलाइ ३–१ को गोल अन्तरले जित हात पार्यो ।
आयोजकको जितमा सुनिल खडकाको उत्कृष्ट प्रदर्शन रहयो । खडकाले मध्यान्तर अघि र पछि दुबै समयको सदुपयोग गर्दै २ गोल गरे । त्यसैगरी बिर्जेश तामाङले मध्यान्तर पछि थप १ गोल गर्दै टिमको जितलाइ सुनिस्चित गरे । प्रतिउत्तरमा विपक्षी क्लबका प्रबिन राइले टिमलाइ सान्त्वना स्वरुप १ गोल गरे । खेल सुरुवातिमै उदयपुर गढीको दबदबाब रहे पनि तेसलाइ निरन्तरता दिन सकेन । गढिले सुरुवाती चरणबाटै आक्रमक खेल खेले पनि उस्को डिफेन्स कमजोरीलाई पहिल्याउदै आयोजकले सानदार जित हात पार्यो ।
त्रियुगा नगरपालिका १६ स्थित उदयपुर सिमेन्ट उद्योगको खेल मैदानमा सुरु भएको प्रतियोगीको उदघाटन रौतामाइ गाउपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले गरे । खेल उदघाटन गर्दै अध्यक्ष खड्काले प्रतियोगिता निरन्तरताका लागि गाउपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले मोफसलको प्रतियोगितालाइ रास्टिय स्तरको मान्यता प्राप्त गर्ने गरि गाउपालिकाले सहयोग गर्ने बताए । जिल्लाभरका आठ वटा टिम सहभागिता रहेको प्रतियोगिताको मंगलवारको खेल मोतिगडा युथ क्लब त्रियुगानगरपालिका ३ र रामपुर क्लब बिच हुने आयोजक कमिटीका सम्योजक हरि मगरले जानकारी दिए । नकाउट चरणको जिल्ला स्तरीय प्रतियोगितामा आयोजक सङै उदयपुर गढी युथ क्लब, रामपुर युथ क्लब, बसाहा राइजिङ क्लब, मुर्कुची फुटबल क्लब, बेल्टार युथ क्लब, मोतिगडा युथ क्लब र गाईघाट फुटबल क्लबको सहभागीता रहेको आयोजक कमिटीका सचिब टेकराज मगरले जनकारी दिए ।

तपाईको प्रतिक्रिया