उदयपुर, उदयपुर नापी कार्यालयले ४६ वर्ष अगाडी नै सुकुम्बासीहरुलाई व्यवस्थित गर्न नापी गरेको जग्गाको लालपुर्जा पीडितहरुले अझै पाएको छैन ।२०२९ सालमा नापी भएको जग्गाको जग्गा धनीहरु लालपुर्जा नपाएर अझै सुकुम्बासीको रुपमा बासोबास गर्दै आएका छन् ।
उदयपुरको गाईघाट स्थित जनज्योति टोलका बासिन्दाहरुको जग्गा २०२९ सालमै नापी भएपनि लाल पुर्जा नपाएपछि अझै सुकुम्बासीकै रुपमा बस्न बाध्य भएका हुन् ।
२०२९ सालमा कित्ता नम्बर ५२ को जग्गाका स्थलगत सर्वे÷नापी गरी दिल बहादुर बोटको नाममा एक विघा ४ कठ्ठा ११ धुर जग्गाको फिल्डबुक उत्तार दिए पनि अझै जग्गाको धनि पूर्जा पाएको छैन । व्यक्तिको नाममा फिल्डबुक उत्तार दिए पनि लाल पुर्जा नदिएपछि सुकुम्बासी भएर नै बाच्न बाध्य भएको दिल बहादुर बोटको श्रीमति टुनि कुमारी बोटले बताए ।
बोटका अनुसार उनिहरु जस्तो धेरैलाई दिएपनि कसैले जग्गाको धनिपुर्जा नपाएको बताए । खोला सँग जुध्दै जमिन बचाएर आएको भएपनि अझै सुकुम्बासी नै रहेको छौँ । नापी भयो तर धनी पुर्जा दिएन बोटले बताए ।
अहिले उक्त टोलमा ३३ घरले बसोबास गर्दै आएको छ । त्यतिबेला बसोबास गर्नेहरुलाई सबैलाई सुकुम्बासीको कागज दिएको थियो तर धनिपुर्जा भने दिएन हामी मर्कामा परेका छौँ बोटले बताए । बेला बेलामा जिल्ला प्रशासनले उठाउने घर भत्काउने जस्तो सूचना प्रकाशन गर्ने भएको हामी डर त्रासले बस्नु पर्ने बाध्यता छ बोटले बताए ।
भएको जग्गा यति हो, विहान बेलुका ज्यालामा काम गरेर खान्छौँ भएको एउटा झुपडी पनि भत्काई दियो भने काहा जाने, काहा बस्ने, के खाने, हाम्रो त विजोग नै हुन्छ बोटले बताए । त्येतिबेला टाठाबाठाले धनिपुर्जा लियो तर हामी गरिब र केहि नबुझेकोले सुकुम्बासी बन्नु प¥यो बोटले दुखेसो पोख्दै बताए ।

बेला बेलामा सरकारले उक्त सुकुम्बासी बस्तीको अध्ययन भने नगरेको होईन । तर पनि सुकुम्बासीलाई नत व्यावस्थीत ठाउँमा हस्तारण नै गर्न सक्यो नत बसीआएको जग्गाको धनिपुर्जा नै दिन सक्यो । बरु उल्टै उठाएर लखेट्ने जस्ता सुचना प्रकाशन गरि जनतालाई त्रासित पार्ने काम गरेको राष्ट्रिय भूमिअधिकार मंञ्च उदयपुरको संयोजक फुर्तीमान राई आरोप लगाएको छ ।
धेरै पुरानो बस्ती र केहि व्यक्तिको नाममा फिल्डबुक उत्तार समेत दिएकोले उठाउने होईन सके उक्त जग्गाको धनी पुर्जा दिनु पर्ने नसके कुनै व्यावस्थीत ठाउँमा बसोबासको व्यावस्था मिलाउनु पर्ने राईले बताए । अझै पनि विभिन्न प्रमाण भएकोले हिले त सरकारले धनि पुर्जा दिनु पर्ने राईको दावी छ । पञ्चायतकाल देखिको अहिले सम्मको प्रमाणहरु भएकोले सरकारले धनि पुर्जा दिनुमा कुनै समस्या नआउने राईले बताए ।
‘२९ सालमा नापी शाखा उदयपुरले फिल्डबुक उत्तार दिल बहादुर बोट, अरिमान मगर लगायतका व्यक्तिहरुको नाममा दिएको भएपनि आज सम्म धनि पुर्जा पाएका छैन’, मगरको छोरी पशुपति मगर (बोट)ले बताईन् । ‘हामी यहि जन्मीएर हुकेका हौँ बाबुको नामको फिल्डबुक उत्तार सकेत थियो तर सरकारले बेवास्था गर्दा आज सुकुम्बासी कहिलिएका छौँ ।’
बुवाहरु २१ साल देखि बसोबास गर्दै आएपनि सरकारले धनि पुर्जा नदिदा सुकुम्बासीको रुपमा बसोबास गर्दै आएकको मगर (बोट)ले बताईन् । धेरैले जग्गा किन्न माग्न आयो तर बुवाले बेच्नु मान्नु भएन तर पछि कृषी बजार केन्द्रले धेरै खायो उनले बताईन् ।
बेला बेलामा प्रशासनले घर टहरा भत्काई लखेट्ने सुचनाले त्रासमय बनाउने गरेको छ । नगरपालिकाले केहि आस्वसन दिएपनि कार्यन्वयन भएको छैन । घर टहरा भत्काएर उठायो भने काहा जाने के खाने भन्ने चिन्ता सबैमा छ मगर (बोट)ले बताईन् ।
२९ सालमा स्थलगत सर्वेरनापी गरि विभिन्न कित्ता नम्बरमा व्याक्तिहरुलाई फिल्डबुक उत्तार दिएको भएपनि धनि पुर्जा दिएको छैन । धनि पुर्जा नदिएको जग्गा पछि हवाई मैदानको लागि एक लौटी नामाकरण गरि एक सय ३ नम्बर कित्तामा गाएको सुकुम्बासीहरु बताउँछन् ।
उनिहरु सँग घरधुरी कर तिरेको रसिद, सुकुम्बासी परिचय पत्र, मटितेल करको रसिद लगायत विभिन्न प्रमाण भएपनि सरकारले व्यावस्थापन गर्न नसकेको उनिहरु बताउँछन् ।
हवाई मैदान नबन्ने भएपछि थारुहट रङ्गशाल, मदनभण्डारी सभा गृह, कृषी बजार केन्द्र लगायतको सार्वजनिक स्थहरुको निर्माण कार्य धमाधम भईहरको छ ।









