उदयपुर, दुर्घटनमा परेर गम्भिर घाईते उदयपुरका एक युवा साउदी अरबमा अलत्रप परेका छन । रोजगारीको शिलशिलामा साउदी अरब पुगेका उदयपुरगढी गाँउपालिका १ व्यँसेटारका शुवाष अधिकारी अलपत्र परेका हुन ।
अल जाजिरा अल सुली रियाद साउलदी अवरमा रहेको मुबारक मारी अलसालोमी कन्ट्याट बिल्डिङ शिभा कम्पनीमा काम गर्न गएका गएका थिए । गएको ८ महिनापछि शुवाष अधिकारी अलपत्र परेको श्रीमति मेनुकाकुमार थापा अधिकारीले बताईन । ‘गएको ०७५ बैशाखमा साउदीको रियाद सहरमा रहेको मुबारक मारी अलसालोमी कन्ट्याट बिल्डिङ शिभा कम्पनीमा काम गर्ने क्रममा सवारी दुर्घटनामा परी गम्भिर घाइते भएका छन,’ उनले भनिन, ‘ढाड भाचिनुका साथै टाउँकोमा गहिरो चोट लागेको छ , उपचार नपाएपछि अलपत्र पर्नु भएको छ ।’
श्रीमान अलपत्र परेर नेपाली साथीहरुको संरक्षणमा रहेकाले तत्काल नेपाल ल्याउन पहल गर्ने ठाँउ समेत थाहा नापाएको भन्दै ‘श्रीमान शुभाषलाई नेपाल ल्याउन सहयोग चाहियो ।’
दुर्घटनामा परेपछि काम गर्ने कम्पनीले समेत उपचार नगरि वेपास्ता गरेको श्भाषका बुवा बलबहादुर अधिकारीले गुनासो गरेका छन । ‘आफुले काम गर्ने कम्पनीको कामले बाहिर निस्कदा दुर्घटनामा परेको थियो ,’ बुवा बलबहादुरले भने, ‘ढाडको मिरुडण्ड भाचिनुको साथै, टाउँकोमा गहिरो चोट लागेको छ, कम्पनीले समेत उपचार गरिदिएको छैन ।’
छोरालाई नेपाल ल्याउन बैदेशिक रोजगार बोर्ड लगायतलाई आग्रह गरेको बुवा बलहाबहादुर भनाई छ । उदयपृुरगढी गाँउपालिका वडा नम्वर ५ का वडा अध्यक्ष कुमार अधिकारीले साउदीमा अलपत्र परेका शुभाषलाई नेपाल ल्याउन पहल थालेको बताए । ‘मेरो नातेदार भाईनै हो,’ उनले भने, ‘साउदीमा अलपत्र परेको जानकारी आएपछि नेपालबाट कुन मेनपारबाट गएको, घरमा के के कागज पत्र खोजी गरेर प्रक्रिाय थालेका छौ ।’ काठमाण्डौमा रहेको अन्नपूर्ण मेनपावर कम्पनीबाट गएको जानकारी पाएको वडा अध्यक्ष अधिकारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया