रिता राउत, उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका १३ मा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । त्रियुगा नगरपालिका १३ नं. वडा कार्यलय, रेस्पेक नेपालको आयोजना र क्यान्सर रिलिफ सोसाईटिको सहकार्यमा पाठेघरको मुखको क्यान्सर सम्वन्धि निःशुल्क जाँच गरिएको हो ।
ग्रामिण महिलाहरुको स्वास्थ्य अवस्था वुझ्नका लागि शिविरको आयोजना गरिएको रेस्पेक नेपालका सहायक प्रशासक सन्जिव रायमाझीले वताए । उनका अनुसार संस्थाले स्वास्थ्यका लागि सवैले स्फुर्त रुपमा स्वास्थ्य चेक जाँच गराउनु पर्ने बताए । त्रियुगा नगरपालिका १३ का वडा अध्यक्ष पशुपति चौधरीले आगामी आर्थिक वर्षमा महिला स्वास्थ्यका लागि बजेट विनियोजन गरेर काम गर्ने प्रतिवद्धता जनाएकी थिईन् ।
यस्तै शिविरमा पाठेघर जाँच गर्न आएकी ४३ वर्षिय ठगीमाया राउतले सुत्केरी बेलामा धेरै काम भएर आफ्नो पाठेघर खसेको सुनाईन् । निःशुल्क स्वास्थ्य जाँच शिविरमा विशेष गरी महिनावारी भएका समयमा ध्यान दिने, महिनावारीका बेला प्रयोग गरिने कपडा सफा तथा प्याड स्वस्थ खालको प्रयोग गर्ने, एक भन्दा बढीसँग यौनसम्पर्क नगर्ने, यौनीलाई सफा राख्ने, कम्तीमा ३ देखि ५ वर्षको अन्तरमा मात्र अर्को बच्चा जन्माउने, ध्रुमपान नगर्ने, गर्भवती हुनु भन्दा कम्तीमा ३ महिना अगाडिदेखि स्वास्थ्य सल्लाह लिने विषयमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया