उदयपुर, के ६ वर्षिय बालिकाले म कसैबाट बलात्कार हुन्छु भन्ने सोचेको हुन्छिन त ? तर, आज यस्तै उदयपुरमा घटना भएको छ । हाम्रो नेपाली समाज कता जाँदै छ । किन दिन दिनै बलात्कारको घटना बढ्दो छ । यस विषयमा सरोकारवाला निकायमाथि नै प्रश्न चिन्ह खडा भएको छ । आखिर हाम्रो समाजमा कहिलेसम्म बलात्कारको कहर रहि रहने ? के कानूनले त्यस्ता बलात्कारीलाई हदैसम्मको सजाय दिन सक्छ ? यस प्रश्नको उत्तर सायदै कमैले दिन सक्छन् ।
शुक्रबार त्रियुगा नगरपालिका ६ लालपत्तामा एक ६ वर्षिय बालिकामाथि बलात्कार भएको छ । उनलाई सोही ठाउँका ४५ वर्षिय काजी भन्ने रामबहादुर विकले बलात्कार गरेका हुन् भन्ने आरोपमा पक्राउ परेका छन् । पीडितको घर नजिकै भान्सा घर र कुखुराको खोरको विच जमिनमा विछ्याएको परालमाथि बलात्कार गरेको आरोपमा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । उनका अनुसार घट्नास्थल मुचुल्का समेत तयार गरी वारदात घटाउने विकलाई घटना स्थलबाटै पक्राउ गरेको जानकारी दिए ।









