उदयपुर, उदयपुरमा लागू औषध सहित एक जना पक्राउ परेका छन् । बुधबार त्रियुगा नगरपालिका १३ का अन्दाजी २० वर्षिय कविराज ढकाल लागूऔषध सहित पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा खैजनपुरमा लागूऔषध सेवन गर्दै गरेको ठाउँमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्रमुख चन्द्रदेव राईले जानकारी दिए । उनको साथबाट डाईजेल्याप ४ एम्पुल, प्रयोग गरिसकेको १ एम्पुल र सिरिन्जमा लोड गरि राखेको २ एम्पुल गरि ७ एम्पुल सहित पक्राउ परेका हुन् । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको प्रहरी जानकारी दिए ।

तपाईको प्रतिक्रिया