बिकाश जोशी निर्देशित नाटक स्वप्निल स्वप्न नगरी मण्डला थिएटरमा मञ्चन भैरहेकोछ । माघ ११ गतेबाट मण्डला थिएटरमा अनामनगरमा मञ्चन भैरहेको हो । उक्त नाटकका प्रदिप कुमार चौधरीले लेखेका हुन् । नाटक निकै मज्जाको बनेको छ । नाटकले हरेक मान्छेको जिबनसंग मेल खान्छ । अझ काठमाण्डौ भन्दा बाहिरबाट आएर राजधानीमा संघर्ष गरिरहेका हरेक मान्छेको कथा नाटकमा भेटिन्छ ।

स्वप्निल स्वप्न नगरी एउटा अपुरो कथाहरुको संगालो भएको निर्देशक बिकाश जोशीले बताए । अर्काे मज्जाको कुरा त के छ, भने बिदेशबाट फर्किएपछि आफ्नै देशमा ब्याबसायमा लागेका युवाको कथाले हरेकको मन छुन्छ । देशमै केही गर्छु भन्ने युवालाई नाटकले उत्पेरण दिन्छ ।

नाटकमा आकाश झा, अभिषेक शर्मा, बिना कार्की, छेजिङ जेवा भुटिया, डेविड सुवेदी, ज्ञानेन्द्र भट्टराई, केशव अधिकारी, लालप्रसाद जैसी, प्रकाश भट्टराई, रितु पौडेल, सविना थापा, सचिन लामा, सुशिल पाण्डे, सृजना पाण्डे, सुजित घिसिङ ,सुशिल तामाङ र योवश राईको अभिनय रहनेछ ।

नाटक माघ ११ गतेबाट माघ २७ गतेसम्म सोमबार बाहेक प्रत्येक दिन साँझ ५ बजे र थप शनिबार १ बजे पनि मञ्चन हुनेछ ।

तपाईको प्रतिक्रिया