उदयपुर, उदयपुरको कटारी नगरपालिका १० हात्तीसुडेमामा शुक्रबार राति बोलेरो दुर्घटनामा परी चालकको घटना स्थलमै मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । कटारीबाट चिपटार जाने क्रममा हात्तीसुडेमा ग.१ ज ४८८६ नम्बरको बोलेरो दुर्घटना हँुदा चालक तेज बहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो ।
बोलेरोमा सवार अन्य सात जना घाइते भएका छन । बोलेरो अनियन्त्रित भई रोडबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयुरले जनाएको छ ।
कटारी नगरपालिका १४ बस्ने बेग बहादुर भुजेलको दुवै खुट्टा भाचिएको छ । सोही नगरपालिका १० बस्ने मैती बि.क, उर्मिला बि.क, दिल बहादुर थापा (वडा सदस्य), मित बहादुर बानिया र सह–चालक रोशन खत्री घाइतेका छन् । उदयपुरगढीका रोसनी मगर घाइते भएको ईलाका प्रहरी कार्यलय कटारीका डिएसपी धुर्व कुमार श्रेष्ठले जानकारी दिए । घाइतेहरुको अहिले कटारी अस्पतालमा उपचार भैरहेको छ । घटना स्थल कटारी बजार देखी करिब २५ किलो मिटर उत्तर रहेको छ ।

तपाईको प्रतिक्रिया