उदयपुर, त्रियुगा नगरपालिका १० मृगौला पीडित कृष्ण मग्राती सार्कीलाई त्रियुगा मिडिया गु्रपको संयोजकत्वमा संकलित रकम हस्तान्तरण गरिएको छ । त्रियुगा मिडिया गु्रपले संचालन गरेको कृष्ण मग्राती सार्की बचाउँ अभियानबाट संकलित ४३ हजार रकम त्रियुगा नगरपालिका १० का वडा अध्यक्ष प्रकाश खड्का, पत्रकार महासंघका उपाध्यक्ष भोटराज राई र स्थानियहरुको उपस्थितिमा बिहिबार हस्तान्तरण गरिएको हो ।
मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङ सहित मग्रातीको घरमा पुगेको वडा अध्यक्ष सहितको टोलीले अभियानमा संकलन गरेको रकम हस्ताणतरन गरेको हो । अभियान अन्तर्गत उदयपुर प्रवासी समाज दुबईबाट निर्मल खड्काको संयोजनमा संकलित १० हजार, न्यौपाने पुस्तक पसलका प्रोपाईटर काठमाण्डौ निबासी संन्तोष न्यौपानेबाट १० हजार, दाह्री ग्याँङ् कतारबाट मनिस बास्तोलाको संयोजनमा संकलित पाँच हजार आठ सय, गाईघाट निवासी हाल इजरायलमा रहनु भएका गीता खतिवडाबाट आठ हजार, त्रियुगा मिडिया गु्रपबाट पाँच हजार दुई सय, उपहार एफ.एम सञ्चालक समितिका सदस्य पत्रकार खेमराज दाहालबाट दुई हजार र सिन्धुली निवासी हाल ईजरायलमा रहनु भएकी पवित्रा श्रेष्ठबाट दुई हजार गरि ४३ हजार पिडित सार्कीलाई हस्तान्तरण गरिएको त्रियुगा मिडिया गु्रपका अध्यक्ष विश्वराज तामाङले जानकारी दिए । रकम हस्तान्तरणका क्रममा बोल्दै वडा अध्यक्ष प्रकाश खड्काले त्रियुगा मिडिया ग्रुपले गरेको यस्तो उदाहरणीय मानविय कार्यप्रति आभार प्रकट गर्दै समाजमा आफूलाई अब्बल दर्जामा स्थापित गर्न विभिन्न क्षेत्रबाट लागि परेका हरेक व्यक्तिले यस्ता सामाजिक कार्यप्रति ध्यान प¥याउन सके समाजमा पिछडिएका वर्गलाई सहयोग गर्न अनुरोध गरेका थिए । यस्तै वडा कार्यालयको पहलमा उदयपुर सिमेन्ट उद्योगबाट रु. १७ हजार सहयोग रकम मृगौला पिडित सार्कीलाई हस्तान्तरण गरिएको जानकारी समेत अध्यक्ष खड्काले दिए ।
त्यस्तै पत्रकार महासंघका उपाध्यक्ष भोटराज राईले त्रियुगा मिडिया गु्रपले मिडियाकर्मीले संचारको क्षेत्रसंर्गै मानविय क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउन सक्ने कुरामा उदाहरणीय कार्य गरेको धन्यवाद व्यक्त गर्दै यस्ता सामाजीक कार्य गर्न अन्य मिडियाकर्मी लगायत विभिन्न क्षेत्रमा कार्यरत सम्पूर्णलाई प्रेरणा मिलोस् साथै कृष्ण मग्राती सार्कीलाई थप सहयोग प्राप्त होस् भन्ने भनाई राख्नुभएको थियो । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराईरहेका आर्थिक अभाव न्यून रहेका सार्कीले सहयोग प्राप्त भएको प्रति खसी व्यक्त गरे उनले मिडियाले गर्दा आफुलाई सहयोग उठ्न क्रम जारी रहेको प्रति धन्यवाद ज्ञापन गरे, उनले आफुलाई बाच्ने रहर भएको भए पनि गरिबिका कारण उपचार गर्न कठिनाई भएको समेत बताए । उनले सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको समेत आग्रह गरेकी छन् । त्रियुगा मिडिया ग्रुपले गत भाद्र महिना देखि अभियान संचालन गरेको थियो, त्रियुगा मिडिया ग्रुप अन्तर्गतको त्रियुगा एक्सप्रेस दैनिक र उपहार एफ.एममा मग्रातीको उपचारमा सहयोग पु¥याउनका लागि समाचार तथा जानकारी प्रकाशन तथा प्रशारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया