उदयपुर, उदयपुरमा लागुऔषध सहित ६ जना पक्राउ परेका छन । जिल्लाको चौदण्डीगढी नगरपालिका ३ काली खोला किनारबाट लागूऔषध सहित ६ जनालाई पक्राउ परेका हुन ।
लागूऔषध सहित पक्राउ पर्नेमा बेलाका नगरपालिका ४ गुरुङचौरी बस्ने बर्ष ३३ का राजु कार्की, बर्ष ३२ को राजु राई, बर्ष ३३ का अर्जुन राई, बर्ष का २५ को नबिन राई, चौडण्डीगढी नगरपालिका ३ बसाहा बस्ने बर्ष ३० का मीन बहादुर मगर र सप्तरी सप्तकोसी नगरपालिका १ बस्ने बर्ष का ३६ को मनोज मगरलाई पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्र देव राईले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले खोलाको किनारमा शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध लुपिजेसिक ८ एम्पुल, फेनारगन ८ एम्पुल र डाईजो ल्याब ८ एम्पुल फेला पारेको प्रहरीको भनाइ छ । ‘पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको छ,’ एसपी राईले, ‘पक्राउ परेका सवै लागुऔषध व्यवसायी भएको प्रआरम्भीक अनुसन्धानबाट खुलेको छ ।’

यस्तै प्रहरी प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको मोरङको विराटनगर महानगरपालिका १५ बाट प्रहरीले लागूऔषध लुपिजेसिक ९ एम्पुल, फेनारगन ९, एम्पुल, एभिल ९ एम्पुल, डाईजेल्याव ९ एम्पुलर १० चक्की नाईट्रोसन ट्याबलेट बरामद भएको प्रदेश प्रहरीका सुचना समन्वय शाखाका प्रहरी हवरदार अशोक आर्चायले जानकारी दिए ।
सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित ईटहरी उप महानगरपालिक ८ बस्ने शिवनन्द मेहताका छोरा बर्ष १८ कोपप्पु मेहतालाई पक्राउ गरेको उनले बताए । पक्राउ परेका मेहतालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया