उदयपुर । उदयपुरमा जारी उदयपुर एस्पो २०८० मा भाग लिन कलाकार सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र गायिका एलिना चौहान आउने भएका हुन ।

त्रियुगा नदी किनारामा संचालित एस्पोमा भाग लिन कलाकार आउने भएको सूचना तथा संचार समितिका संयोजक सुखिलाल चौधरीले जानकारी दिए ।

एक दशक भन्दा बढि समय मुसहर बस्ती, क्रिकेट रंगशाला र बिभिन्न सामाजिक गतिविधिमा सहभागी रहेका धुर्मुस सुन्तली पुनः कलाकारिता मार्फत स्टेज कार्यक्रममा सहभागि हुन थालेका छन । भने गायिका चौहान अहिलेकी युवा पुस्ताको लोकप्रीय गायिका मध्येमा पर्छिन ।

यही माघ ११ गते देखि सुरु भएको एस्पो आज एक समारोह विच उदघाटन गरिने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया