कटारी / कटारी नगर उद्योग वाणिज्य संघ (चेम्बर अफ कमर्स) कटारीले कर परामर्श समिति गठन गरेको छ । कटारी नगर उद्योग वाणिज्य संघको सदस्य टेकराज निरौलाको संयोजकत्वमा कर परामर्श समिति चयन गरेको हो ।
स्थानीय व्यवसायीहरुको कर सम्बन्धि अपठ्याराहरुलाई सहजिकरण गर्नको लागि कर सहयोगी निरौलाको संयोजकत्वमा कर परामर्श समिति समेत गठन गरिएको कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो ।

समितिमा रामभरोस दास, देवराज कार्की र लक्ष्मण तामाङ्ग चयन भएका छन् । नगर भित्रका स्थानीय, उद्योगी व्यवसायीहरूलाई करका बारेमा सहजिकरण, कर बारे जानकारी गराउन समिति गठन गरिएको संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कटारी नगरपालिकाका अन्तर्गतका उद्योगी व्यवसायीहरुलाई कर सम्बन्धि समस्या परे उहाँहरुलाई कर सहयोगीको रुपमा खटाईने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया