उदयपुर – पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकामा निर्वतमान उपाध्यक्ष रमिला राईको अध्यक्षतामा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन भएको छ । कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तक्रिया तथा क्यालेण्डर विमोचन कार्यक्रममा निर्वतमान गाउँपालिका उपाध्यक्ष रमिला राईको नेतृत्वमा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन गरेको हो ।
रमिला राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा लिम्चुङबुङ गाउँपालिकामा उपाध्यक्षमा निर्वाचति जनप्रतिनिधि हुन् ।

लिम्चुङबुङ उद्योग वाणिज्य संघको उपाध्यक्षमा होमनाथ भट्टराई, सचिवमा लालवती वि.क। र कोषाध्यक्षमा टसी शेर्पा सर्वसम्मत चयन भएको छ ।
सदस्यहरुमा निर्वतमान वडाध्यक्ष भविन्द्र कुमार राई, युवराज राई, अम्विका राई, भावना शेर्पा, जित बहादुर तामाङ, केशर बुढाथोकी र जनदिप थापा मगर रहेका छन् ।
कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष चुडामणि कार्कीले सपथ खुवाएका थिए ।

तपाईको प्रतिक्रिया