गाईघाट – आज (आईतबार) त्रियुगा नगरपालिकामा शोक विदा दिने निर्णय भएको छ । त्रियुगा नगरपालिका १२ का वडाध्यक्ष एवम् कार्यपालिका सदस्य चुडाराज काफ्लेको सवारी दुर्घटनामा परि मृत्यु भएकोले आईतबार शोक विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले जानकारी दिए ।
त्रियुगा नगरपालिकाको कार्यालय मातहतका सवै वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरुमा (आकस्मिक सेवा बाहेक) सार्वजनिक शोक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत वनले जानकारी दिए ।
वडाध्यक्ष काफ्ले शिवरात्रीको दिन राति मोटर साइकल दुर्घटनामा परेको थियो । उनको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको थियो । उपचार सम्भव नभएपछि घर ल्याएपछि उनको मृत्यु भएको हो । काफ्लेको आइतबार नै अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।
काफ्ले नेपाली काँग्रेसको तर्फबाट स्थानीय तहको चुनावमा सहभागी भई निर्वाचित वडाध्यक्ष हुन् ।









