उदयपुर, उदयपुरमा सोमबार ट्याक्टरले किचिएर मोटर साइकलको पछाडी सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । त्रियुगा नगरपालिका १४ साउनेमा गाईघाटबाट धाप्लाङ तर्फ गईरहेको स.१ त ६१५२ नम्बरको ट्याक्टरलाई सोही दिशामा गईरहेको स. ७ प ५१९३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा अचानक बिच बाटोमा पल्टिन मोटर साइकलको पछाडी सवार एक जनाको घटना स्थलमै मृत्यु भएको हो ।
मोटर साइकल पछाडि सवार जिल्ला सप्तरी सप्तकोशी नगरपालिका १ फत्तेपुर बस्ने अन्दाजी वर्ष ६० को प्रेम कुमार तामाङ ट्याक्टरको टायरले किचि घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । उनका अनुसार चालक मृतकका छोरा अन्दाजी वर्ष ४० को एजेट नासुर (तामाङ) सकुसल रहेको छ भने ट्याक्टर घट्नास्थलमै रहेको छ । ट्याक्टर चालक तत्काल फरार भएको छ । घटनास्थलमा साउने प्रहरी चौकीको टोली प्रस्थान गरेको छ । घट्नास्थल सदरमुकाम गाईघाटबाट २४ किलोमिटर उत्तरमा पर्छ ।









