उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ मिलन चोकमा विहिबार मोटर साइकल र अटो एक आपसमा ठक्कर खाँदा श्रीमतिको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
मिलन चोकमा विहिबार साँझ ७ बजेको समयमा स १ ह २०७६ नम्बरको अटोलाई प्र.१–०५–००१ प २१८६ नम्बरको मोटर साइकलले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सबार त्रियुगा नगरपालिका १२ का दिलिप श्रेष्ठको श्रमिति वर्ष ४५ की तुलसा श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज लोक बहादुर दियालीले जानकारी दिए । उनका अनुसार दिलिप श्रेष्ठ घाइते भएका छन भने अटोमा भित्र रहेका त्रियुगा नगरपालिका ३ का ५० वर्षिय पुना सरि विक गम्भिर घाइते घाइते भएकी छिन् । विकको हात, खुट्टा, ढाँडमा चोट पटक लागेको छ । घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
यस्तै अटोमा रहेका गोपाल बराइलीको छोरा १५ को मनिस बराइली समेत घाइते भएको छ । मोटर साइकल बगहाबाट गाईघाट तर्फ आउँदै गर्दा दुर्घटना भएको हो । मोटर साइकल चालक श्रेष्ठ त्रियुगा नगरपालिकाका कर्मचारी हुन् ।









