उदयपुर – महगीं र चर्को ब्याज नियन्त्रण गर्न माग राख्दै जिल्ला उधोग बाणिज्य संघ उदयपुर आन्दोलनको तयारीमा जुटेको छ । शनिबार जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षतामा बसेको बैठकले आन्दोलनको संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।
पछिल्लो समय महंगी नियन्त्रण गर्नुको सट्टा सरकारले नै महंगी बढाएको उद्योगी व्यवसायीहरुको आरोप रहेको छ । बैकं तथा बित्तिय संस्थाहरुले लगानीमा बढाएको ब्याजदरले उद्योग ब्यवसाय र समग्र निजि क्षेत्र धरायशी हुने अवस्था आएको भन्दै जिल्ला उद्योग वाणिज्य संघ आन्दोलित भएको अध्यक्ष चुडामणि कार्कीले जानकारी दिए । उनका अनुसार कोरोनाको कहरबाट भर्खरै उक्लिन लागेको व्यापार व्यवसायमा बैंकको ब्याजको मारबाट प्रभावित निजि क्षेत्रलाई माथी उकास्न पहल गर्नुको साटो बैंकहरुले व्याजदर बढाएको प्रति आपति जनाएको छ । अस्वभाविक रुपमा बढेको बैकं ब्याजदर पुनरावलोकनका लागी समेत सरकार मार्फत राष्ट्र बैकंलाई माग सम्मको कार्यक्रम रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
संघर्षका कार्यक्रम अन्तर्गत असोज ११ गते प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार, नेपाल राष्ट्र बैंकलाई व्याजदर घटाउन ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउने, सोही दिन पत्रकार सम्मेलन गर्ने, उद्योगी व्यवसायीहरुलाई संघर्षको कार्यक्रमको लागि अपिल गर्ने लगायतको कार्यक्रम रहेको जिल्ला उद्योग वाणिज्य संघका महासचिव सुनिल साहले जानकारी दिए ।









