कटारी – उदयपुरको कटारी बजारबाट मयंखु जाँदै गरेको बोलेरो दुर्घटनामा परि घाईते भएका थप एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो कटारी नगरपालिका १३ मयंखु जाने क्रममा कटारी–४ अड्डा कुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ जना घाइते मध्ये थप एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४५ वर्षिय उर्मिला मल्ल ठकुरी रहेकी छिन् । ठकुरीको शुक्रबार उपचारका क्रममा धरानस्थित विपी कोइराला मेमोरियर स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको हो । यस अघि कटारी नगरपालिका १३ का २० वर्षिय बिष्णु राउतको वुधबार उपचारका लागि धरान लैंजादै गर्दा मृत्यु भएको थियो । यो सँगै सो दुर्घटनामा ज्यान जानेको संख्या २ पुगेको छ ।

अव अन्य ८ घाईतेको घोपामै उपचार भईरहेको छ । कटारीबाट मयाखुं तर्फ जाने क्रममा तिब्र गतिको बोलेरो एकासी घुम्तीमा दुर्घटना भएको घाइतेले बताएका छन् ।

सम्बधित समाचार

उदयपुरमा बोलेरो दुर्घटनामा विष्णु राउतको मृत्यु, ९ जनाको उपचार हुँदै

तपाईको प्रतिक्रिया