गाईघाट । उदयपुरको कटारी बजारबाट मयंखु जाँदै गरेको बोलेरो दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो कटारी नगरपालिका १३ मयंखु जाने क्रममा कटारी–४ अड्डा कुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा १० जना घाइते मध्ये एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कटारी नगरपालिका १३ का २० वर्षिय बिष्णु राउत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गम्भिर घाइते राउतको बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोहि दुर्घटनामा अन्य घाइते हुनेहरुमा कटारी नगरपालिका वडा न ४ बस्ने १६ वर्षिय दिपेश कोईराला, सोही वडाकी ४५ वर्षिइ उर्मिला ठाकुरी, २१ वर्षिय मनोज मल्ल, २९ वर्षिय कृष्ण बहादुर बुढाथोकी, २० वर्षिय राज मल्ल, कटारी नगरपालिका ११ बस्ने ४० वर्षिय इन्द्र मगर, वडा नं. १३ वस्ने ३१ वर्षिय हिरा खड्का, वडा नं. ११ बस्ने १८ वर्षिय दिवस बस्नेत र धरान ६ पानमाराका ५१ बर्षका निर्मल भुजेलको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
कटारीबाट मयाखुं तर्फ जाने क्रममा हाईबेमा तिब्र गतिमा बुलेरो एकासी ट्रनिङ लिने क्रममा दुर्घटना भएको घाइतेले बताएका छन् । बोलेरो चालक फरार रहेको प्रहरीले जनाएको छ ।









