उदयपुर , उदयपुर सिमेन्ट उद्योगको कुशल नेतृत्व गरेर नेपाल आयल निगमको कार्याकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा नागरिक अभिनन्दन गरिने भएको छ ।
चार बर्ष अघि उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धकको रुपमा उद्योग प्रवेस गरेर उद्योगलाई पुनजन्म दिएका पौडललाई त्रियुगा नगरपालिकाले नागरिक अभिनन्दन गर्न लागेको हो ।
त्रियुगा नगरपालिकाले माघ २ गते त्रियुगा नगरपालिका ६ शिव मन्दिरमा एक कार्यक्रम गरि नागरिक अभिन्दन गर्न लागेको मेयर बलदेव चौधरीले बताए । ‘उदयपुर सिमेन्ट उद्योगलाई नाफामा लानको लागि कुशल नेतृत्व गरेकाले निवर्तमान महाप्रबन्धक पौडेललाई नागरिक अभिन्दन गर्न लागिएको हो ।’ मेयर चौधरीले भने ‘काम गर्ने मान्छेलाई सम्मान गर्ने पद्धतिको विकास गर्नको लागि सुरेन्द्र पौडललाई नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको छ ।’
आगामी फागुन ११ गतेसम्म उदयपुर सिमेन्टको महाप्रबन्धकमा समयवधी रहेपनि सरकारले पौडललाई नेपाल आयल निगममा नियुक्त गरेको हो । पौडेलले उदयपुर सिमेन्ट छाड्नु भन्दा केही दिन अघिमात्र उद्योग अन्तिम समयमा मेकानिकल ईन्जिनियरिङलाई नै चुनौती दिदै उत्पादन क्षमताभन्दा १६ प्रतिशत अर्थात ९३० मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सफल भएको थियो । उदयपुर सिमेन्ट उद्योग स्थापना भएयता सधै घाटामा रहेको भएपनि पौडेल जिएम बनेर आएपछि उद्योगलाई नाफामा लैजान सफल भएको थियो । सरकारी उद्योगहरु सधै घाटामा मात्र संचालन हुन्छ भन्ने धारणालाई परिवर्तन गर्न पौडल सफल हुनु भएकोले उदयपुरे जनताको तर्फबाट निवर्तमान महाप्रबन्धकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको हो ।
यस्तै समग्र उद्योग टे«ड युनियन नेपाल, अखिल नेपाल औद्योगिक मजदुर संघ, नेपाल कारखाना श्रमिक संघ उसिउली र सनराइज बैंक जलजले शाखाले निर्वतमान महाप्रबन्धक पौडेललाई विदाई गर्ने कार्यक्रम समेत रहेको छ ।
अहिलेसम्मका महाप्रबन्धकहरुको कार्यकाल यस प्रकार रहेको छ । तल टेवलमा दिइएको छ ।










